माओवादी धार सहित सबै वामपन्थीहरुलाई एकतावद्ध हुन प्रचण्ढको अपील

माओवादी धार सहित सबै वामपन्थीहरुलाई एकतावद्ध हुन प्रचण्ढको अपील

  • मङ्लबार, कार्तिक ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले माओवादी धार सहित देशका सबै वामपन्थीलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन्।

आज बिहान सामाजिक सञ्जालमा अपील जारी गर्दै उनले राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमा देखापरेका चुनौती हल गर्न देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको बताएका हुन्।

‘यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रासामु छ’, प्रचण्डले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो।’

उनले अगाडि भनेका छन्, ‘यस सत्यलाई आत्मसात् गर्दै म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ