देउवा पत्नी आरजुलाई लिएर गए सिंगापुर

देउवा पत्नी आरजुलाई लिएर गए सिंगापुर

  • सोमवार, कार्तिक १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । जेनजी आन्दोलनका क्रममा घरैमा सांघातिक हमलामा परेर गंभीर घाईते भएका देउवा थप उपचारका लागि त्यता गएका हुन् ।

देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यबाहक सभापति तोकेका थिए ।

निकटस्थ स्रोतका अनुसार, सिंगापुरमा देउवा दम्पतीले केही समय बसेर उपचार गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ