नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुले अब देशको अवस्था सम्हाल्ने नै माओवादीले भएको बताएका छन्। नेकपा माओवादी केन्द्र गोरखाले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्था सम्हाल्ने जिम्मा माओवादीको भएको बताएका हुन्।
हाम्रो पार्टीले अहिले जिल्ला–जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ। आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन्ु उनले भने।
अब निर्वाचनको विकल्प नभएकाले चुनाबको तयारीमा लाग्न सबै दललाई उनले अपील समेत गरेका छन् ।
ुअब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुन्छ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नुबाहेक कुनै विकल्प छैनु उनले भने।