लोकतन्त्रमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँः संयोजक प्रचण्ड

लोकतन्त्रमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँः संयोजक प्रचण्ड

  • बुधबार, कार्तिक ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौँ, ५ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई सुदृढ पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४६ को शुभ अवसरमा आज सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै संयोजक दाहालले भन्नुभयो, “आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौँ । लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन ।”

नेपाल संवत् नेपालीको ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गर्दै संयोजक दाहालले भन्नुभयो, “यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो । सबै जातजाति र समुदायको साझा गर्व तथा सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले हामी सबैले यसप्रति गर्व गर्नुपर्छ ।”

परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता भएको उल्लेख गर्दै संयोजक दाहालले संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा सङ्कल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ