प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुण २१ गते हुने निर्वाचनका बिषयमा सात दलका नेताहरुसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल हुनेछ ।
उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् । प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी छन् ।
दलहरुमा खास गरी एमालेले यो सरकारले निर्वाचन नगराउने भन्दै संसद पुनस्थापनाको माग गरेको छ ।
काँग्रेस मध्यमार्गमा रहेको छ भने माओवादी रास्वपा लगायतका दल भने निर्वाचनको पक्षमा उभिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline