गृहमन्त्रीले भाग्यो भनेका पूर्व उर्जामन्त्री खड्का सार्वजनिक

गृहमन्त्रीले भाग्यो भनेका पूर्व उर्जामन्त्री खड्का सार्वजनिक

  • सोमवार, कार्तिक ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

पूर्वऊर्जामन्त्री दीपक खड्काले आफू भागेको भनेर सरकारले गलत प्रचार गरेको बताएका छन्।

बूढानीलकण्ठस्थित आगो लागेको आफ्नो घरको कम्पाउन्डमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले आफूविरुद्ध कुनै आरोप नलागेको भए पनि गृहमन्त्रीले भाग्यो भनेर गलत प्रचार गरेको बताएका हुन्।

उनले राज्यले गल्ती गर्‍यौ र यहाँ जान पाउँदैनौं नभनुन्जेल जो जतासुकै जान सक्ने पनि बताए।
सरकारले मलाई चिठी काटेको छ ? वारेन्ट जारी भएको छ ? कहिँ नजानू भनेको छ ? गृहमन्त्री त कानुनको विद्यार्थी पनि हो, उनले भने।

खड्काले भदौ २४ मा प्रदर्शनकारीहरूले आफ्नो घरमा आगजनी गरेपछि सेनाले ‍सुरक्षा दिएर राखेको बताए।

चितवन जाँदा छोरालाई डेंगी भएपछि भारत गएको उनले बताए।

११ दिन मेदान्त हस्पिटलमा उपचार क्रममा बसेको छु बच्चासहित। मलाई पनि डेंगी भयो। श्रीमती उतै छिन्। त्यो छोडेर समाजमा दिग्भ्रमित पारेर सरकार एक जनाको पछि लाग्दा सिंगो समाज भ्रमित भयो। दुःख लागेर आएँ,ु उनले पत्रकारहरूसँग भने।
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार नयाँ पत्रिकालाई दिएको अन्तर्वार्तामा तत्कालीन ऊर्जामन्त्री देश छाडेर भागिसकेको र अरू व्यक्तिहरू पनि भाग्ने तयारीमा रहेको बताएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ