प्रधानमन्त्रीले राजनीतिक दलहरुसँग छलफल गर्ने

प्रधानमन्त्रीले राजनीतिक दलहरुसँग छलफल गर्ने

  • आइतवार, कार्तिक २, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

प्रधानमन्त्री सुशीला कार्कीले सात वटा राजनीतिक दलहरूसँग वार्ता गर्ने भएकी छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि प्रधानमन्त्री कार्कीले दलहरूसँग वार्ता गर्न लागेकी हुन्।

‘कात्तिक ४ गते मंगलबार अपराह्न ४ बजे बालुवाटारमा बोलाउनुभएको हो। राष्ट्रिय मान्यता प्राप्त सात वटा दललाई बोलाइएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

उनका अनुसार प्रत्येक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन भनिएको छ।

‘दलका दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन भनिएको छ। कतिपयलाई चिठी पठाइसकेको छ। कतिपयलाई जाने क्रममा छ,’ उनले भने।

यस छलफलमा विघटित संसदका प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरू बोलाइएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ