निर्वाचनको तयारी र सुरक्षा रणनीतिका बारेमा छलफल गर्न आज सुरक्षा समितिको बैठक बस्दै

निर्वाचनको तयारी र सुरक्षा रणनीतिका बारेमा छलफल गर्न आज सुरक्षा समितिको बैठक बस्दै

  • आइतवार, कार्तिक २, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

२ कात्तिक, काठमाडौं । सरकारले निर्वाचनको पूर्व तयारी शुरु गरेको छ । यस क्रममा आज सुरक्षा समितिको बैठक बस्दै छ ।

हिजो राष्ट्रपतिले प्रधानमन्त्री सहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै निर्वाचनको वातावरण बनाउन लागि पर्न भनेका थिए । लगत्तै आज सुरक्षा समितिको बैठक बोलाईएको हो ।

यस अघि निर्वाचन आयोगले पनि दलहरुसँग छलफल गरेको छ भने राष्ट्रपतिले दल र जेनजी प्रतिनिधिहरुसँग छलफल गरीसकेका छन् ।

गृहमन्त्री अध्यक्ष रहने समितिमा गृह र रक्षा सचिवका साथै चारवटा सुरक्षा निकायको प्रतिनिधि सहभागी हुन्छन् ।

प्रधानमन्त्री कार्कीको सचिवालयले जारी गरेको प्रेस नोटका अनुसार, उक्त बैठकले एकीकृत सुरक्षा योजनाको समीक्षा गर्नुका साथै त्यसको समीक्षा गरी नीतिगत निर्देशन दिनेछ ।

यसका साथै गृह मन्त्रालयको शान्ति सुरक्षा र अपराध नियन्त्रण महाशाखा प्रमुखको नेतृत्वमा अर्को एकीकृत निर्वाचन सुरक्षा समिति गठन भएको छ । नयाँ सरकार गठन हुनासाथ बनेको समितिले सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाहरुसँग समन्वय गर्नेछ ।

त्यसैगरी हरेक जिल्लामा सीडीओको नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति बनाई कार्यान्वयन थालिएको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा ‘सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधि केन्द्रित गरेको’ उल्लेख छ ।

‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालको भनाइ उदृत गर्दै प्रेस नोटमा उल्लेख छ, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’

जेनजी आन्दोलनपछि कार्की नेतृत्वमा बनेको नयाँ सरकारले पहिलो दिन नै फागुण २१ गते निर्वाचन गर्ने घोषणा गरेको थियो ।

एमाले र काँग्रेसले सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै आलोचना गरीरहेका छन् ।

एमालेले औपचारीक रुपमै संसद पुनस्थापनाको माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ