अब सबै पक्ष मिलेर चुनाव सम्पन्न गर्नुको विकल्प छैन : प्रचण्ड

अब सबै पक्ष मिलेर चुनाव सम्पन्न गर्नुको विकल्प छैन : प्रचण्ड

  • शनिबार, कार्तिक १, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विघटन गर्नेहरूले अहिले संसद् पुनर्स्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घले आज माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद् विघटन गर्ने केपी ओलीको समूहले अहिले संसद् पुनः स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको बताएका हुन् ।

उनले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै निर्वाचन हुन नसके देशमा अर्को अराजकता आउन सक्ने बताए ।
घोषित निर्वाचनलाई भाँड्ने काम कसैले नगर्न उनले चेतावनी दिए । प्रचण्डले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी रहेको जिकिर गरे ।

उनले सरकार निर्वाचन गर्न गम्भीर रहेको विश्वास आफूलाई रहेको बताए । प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्र्याकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्र्याकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए । उनले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबिच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिए ।

प्रचण्डले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा चित्रण गर्दै उनीहरूमाथि अपमानजनक टिप्पणी जायज नहुने स्पष्ट पारे । त्यस्तै उनले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्टाउन नसक्दा बलिदानका उपलब्धिहरूलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह समेत गरे ।

उनले जेनजीको प्राविधिक क्षमता र माओवादीले दशकौँ लगाएर विकास गरेको बिचारको संयोजन गर्न सकिएमा ठूलो परिवर्तन ल्याउन सकिने भन्दै यसका लागि निरन्तर संवाद र एकताको पहल गर्नु आवस्यक रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ