प्रधानमन्त्री कार्की, पूर्व प्रधानमन्त्रीहरु, पूर्व राष्ट्रपति, पूर्व राजा सहित सबै नेताहरुको सम्पत्ति छानविन गर्न वाईसिएल र अखिल क्रान्तिकारीको माग

प्रधानमन्त्री कार्की, पूर्व प्रधानमन्त्रीहरु, पूर्व राष्ट्रपति, पूर्व राजा सहित सबै नेताहरुको सम्पत्ति छानविन गर्न वाईसिएल र अखिल क्रान्तिकारीको माग

  • शुक्रबार, अशोज ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) मा आबद्ध युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले प्रधानमन्त्री सुशीला कार्की सहित पूर्व प्रधानमन्त्रीहरु, पूर्व राष्ट्रपति, पूर्व राजा एवं सबै दलका नेताहरुको पनि सम्पत्ति छानविन गर्न माग गरेको छ ।

शुक्रबार अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रूपमा पत्रकार सम्मेलन गरी वाईसीएलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्व राजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरूको पनि सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिए । उनले भ्रष्टाचार गरेका सबैको सम्पत्ति छानबिन नभए आफूहरूलाई मान्य नहुने चेतावनी समेत दिए ।

उनले भने, ‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने हो हाम्रो । यो न्यायमूलक राज्य हो, समतामूलक राज्यको हो । त्यसकारण निष्पक्ष ढङ्गले सबैको छानबिन हुनुपर्‍यो । वैरभाव राखेर, पक्षपात गरेर गरिने छानबिनको हामीले विरोध गर्छौँ । तर त्यसरी निष्पक्ष ढङ्गले गरिने छानबिनको सुरुवात हाम्रो अध्यक्षबाटै होस् । हाम्रो अध्यक्षले पनि भन्नुभएको छ, हामीले पनि भन्छौ–माओवादीलाई झन् छुट छैन । शहीदको रगतमाथि होली खेलेर भ्रष्टाचार गर्ने छुट छैन । जो कोही पनि भ्रष्टाचार संलग्न हुनुहुन्छ भने कारबाही हाम्रै नेताबाट सुरु गर्नुस् । कसैलाई पनि छोड्न हामीले छुट दिने छैनौँ ।’

उनले भने( ‘पूर्वराजा र राप्रपा पार्टीहरुको पनि किन घर जलेनन्, किन उनीहरूका पार्टी कार्यालय केही भएनन् ? यो पनि गम्भिर विषय छ । रास्वपाको पनि गम्भीर विषय छ । यी विषयहरू पनि निष्पक्ष ढङ्गले छानबिन हुनुपर्‍यो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी