देउवा दम्पत्तिमाथि आक्रमण गर्ने र भीडलाई उक्साउने बालेन र रविमाथि कार्बाही गर्न नेविसंघको ज्ञापनपत्र

देउवा दम्पत्तिमाथि आक्रमण गर्ने र भीडलाई उक्साउने बालेन र रविमाथि कार्बाही गर्न नेविसंघको ज्ञापनपत्र

  • शुक्रबार, अशोज ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

असोज ३१ काठमाण्डौँ । नेविसंघले सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि आक्रमण गर्न संलग्न रहेकाहरूमाथि कारबाही गर्न माग गरेको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले प्रहरी प्रधान कार्यालय नक्साल पुगेर माग पत्र बुझाउँदै सभापति देउवा दम्पतीमाथि आक्रमण गर्न संलग्न रहेकाहरूलाई कडा कारबाही गर्न माग गरेका हुन्।

‘सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि सुनियोजित ढंगले भएको सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल अनुसन्धानको दायरामा ल्याइ विद्यमान कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्न माग गर्दछौं,’ अध्यक्ष शेर्पाले बुझाएको माग पत्रमा उल्लेख छ।

भदौ २४ को घटनालाई भड्काउने गरी टिप्पणी गर्ने र भिडलाई उत्तेजित बनाउने काम काठमाडौं महानगरका मेयर बालेन शाहले गरेको भन्दै नेविसंघले उनीहरूलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेको छ।

साथै कारागारहरूबाट कैदीबन्दी भगाएको र कागजात कीर्ते गरेको भन्दै रास्वपा सभापति रवि लामिछाने, डिपी अर्याल, मनीष झा लगायतकामाथि पनि छानविन र कार्बाही गर्न नेविसंघले माग गरेको छ ।
भदौ २४ गते देउवा दम्पत्तिलाई प्रदर्शनकारीले सांघातिक हमला गरेका थिए । पछि सेनाले उद्धार गरेर उनीहरुलाई सैनिक अस्पतालमा पुर्याएर उपचार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ