आज प्रधानमन्त्री कार्कीले विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गर्दै

आज प्रधानमन्त्री कार्कीले विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गर्दै

  • शुक्रबार, अशोज ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्ने भएकी छन् ।

प्रधानमन्त्री कार्कीले आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक राख्दै छिन्।

बैठकमा नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावलगायत विषयमा प्रधानमन्त्रीले जानकारी गराउने छिन्।

‘कूटनीतिक समुदायलाई अहिलेको अवस्था, आसन्न निर्वाचन, अपेक्षित सहयोग, हामीले गर्न खोजेका कामहरू, लगानी, पर्यटनका विषयमा प्रधानमन्त्रीज्यूले ब्रिफिङ गर्ने तयारी भएको स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ