एमालेको बैठक आज सकिने

एमालेको बैठक आज सकिने

  • शुक्रबार, अशोज ३१, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

नेकपा (एमाले) केन्द्रीय कमिटीको दसौं बैठक आज सकिँदैछ। ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा शुक्रबार बिहान ८ बजेबाट सुरू हुने बैठकमा १५० जना हाराहारी सदस्यहरूले बोल्न बाँकी छन्। यद्यपि ५० जनाभन्दा बढी सदस्यहरू अनुपस्थित छन्।

बैठक आजै सक्नै कार्यसूची रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरूले धारणा राख्नेछन्। राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष ओलीले त्यसमाथि उठेका प्रश्नहरूको जबाफ दिनेछन्।

जारी बैठकमा प्रतिनिधि सभा पुनःस्थापनाको माग छाडेर चुनावमा जानुपर्ने आवाज पनि उठिरहेको छ। तर प्रतिनिधि सभा पुनःस्थापनामार्फत् देशलाई संसदीय सर्वोच्चतामा फर्काउनुपर्ने आवाज पनि बलियो रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

त्यस्तै बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा पनि केही सदस्यहरूले राखेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्नुपर्ने आवाज पनि बाक्लिँदै गइरहेको छ।

अध्यक्ष ओलीले मंसिर २७, २८, २९ गते पोखरामा ११ औं महाधिवेशन गर्ने गरी प्रस्ताव गरेका छन्। त्यसमा अधिकांश केन्द्रीय सदस्यहरूको सहमति छ।

संभवत बैठकले यही मितिमा महाधिवेशन गर्ने कार्यतालिका पारित गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ