सहकारी ठगहरुलाई कार्बाही गर्न प्रधानमन्त्रीको निर्देशन

सहकारी ठगहरुलाई कार्बाही गर्न प्रधानमन्त्रीको निर्देशन

  • बिहिबार, अशोज ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही गर्न निर्देशन दिएकी छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सहकारी मन्त्री अनिल सिन्हा, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, संकटग्रस्त समस्या समाधान समितिका अध्यक्ष, सहकारी नियमन प्राधिकरणका पदाधिकारी, सहकारी पीडित बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका पदाधिकारीलाई एकै ठाउँमा राखेर प्रधानमन्त्री कार्कीले सिंहदरबारमा छलफल गरेकी हुन्।

‘ठगेर खाएर हिँड्नेहरूलाई कुनै हालतमा छाड्न हुँदैन। यिनीहरू सुनका घडी लगाएर हिँड्छन्। महँगा गाडी चढेर हिँड्छन्। नक्कली डिभोर्स गराएर हिँड्छन्। उनीहरूलाई छाड्न मिल्दैन। बरू कानूनमा समस्या छ भने त्यो पनि संशोधन गरौं,’ उनले भनिन्, ‘जे गर्नुपर्छ गरौं तर ठगेर हिँड्नेलाई नछाडौं, पीडितलाई रूँदै हिँड्नुपर्ने अवस्था अन्त्य गरौं।’
‘
सहकारी ठगीमा परेकाहरूको घरजग्गा नै लिलाम गरेर भए पनि पीडितको बचत फिर्ता हुनुपर्ने उनको भनाइ छ।

‘हामीले नगरे कसले गर्नेरु यही सरकारले गर्छ। पीडित चाहिँ सडकमा रोएर हिँड्ने, अनि जो ठग हो त्योचाहिँ सुकिलो मुकिलो भएर हिँड्नेरु यस्तो हुनु हुँदैन,’ उनले भनिन्, ‘यो सभ्य समाजको परिचय होइन। उनीहरूको घरजग्गा लिलाम गरेर हुन्छ कि, विदेशमा कोही छ भने पनि सम्पर्क गरेर अघि बढ्नुपर्छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ