मधेशका पूर्व मुख्यमन्त्री सिंहले छाडे सिके राउतको पार्टी, फुटेको दलमा जोडिए

मधेशका पूर्व मुख्यमन्त्री सिंहले छाडे सिके राउतको पार्टी, फुटेको दलमा जोडिए

  • बिहिबार, अशोज ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले सीके राउत नेतृत्वको जनमत पार्टी छाडेका छन् ।
मंगलबार मुख्यमन्त्रीबाट राजीनामा दिएका सिंहले बुधबार जनमत पार्टी फुटेर गठन भएको नयाँ दल जनस्वराज रोजेका हुन्।
उनले जनकपुरमा पत्रकार सम्मेलन गरेर यो जानकारी गराएका हुन् ।
जनमतबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले राजीनामा दिएपछि लोसपाका नेता जितेन्द्र सोनल मधेसको मुख्यमन्त्री नियुक्त भएका छन् ।
सिंहसहित जनमतका दुई प्रदेशसभा सदस्यले बुधबार नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका थिए।

निवर्तमान मुख्यमन्त्री सिंह र पूर्वमन्त्रीसमेत रहेका जनमतका सांसद त्रिभुवन साहले नयाँ दल रोजेका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ