एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै, अध्यक्ष ओलीको प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्ने

एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै, अध्यक्ष ओलीको प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्ने

  • बिहिबार, अशोज ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन आज बिहान ८ बजेबाट सुरु हुने भएको छ। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष राजनीतिक प्रस्तावमाथि आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहने एमालेले जनाएको छ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबारको बैठकमा करिब ३६० सदस्यमध्ये ५० जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका छन्। आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ। यही क्रममा सबै केन्द्रीय सदस्यहरुले समय लिने हो बैठक लम्बिने संकेत देखिएको छ। बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ। तीन मिनेटमा आफ्ना धारणा नटुंग्याए स्वत माइक काटिने व्यवस्था गरिएको छ।

बैठकमा केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि वर्णानुक्रम अनुसार ‘ज्ञ’बाट ‘क’ सम्मकालाई पालैपालो धारणा राख्ने व्यवस्था मिलाइएको छ। गौतमका अनुसार हिजोको बैठकमा र बाट नाम सुरु भएका केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। बैठकमा केन्द्रीय सदस्यहरुका धारणाा सुनेपछि पदाधिकारीहरुले पनि आफ्ना धारणा राख्नेछन्।

केन्द्रीय सदस्यले बोल्नेक्रममा अध्यक्षको राजीनामा माग्ने पदाधिकारीलाई पहिले आफूले राजीनामा दिन पनि सुझाव दिएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ