काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

  • बिहिबार, अशोज ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ। मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकअघि बिहान कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ। बुधबार कार्यसम्पादन समितिको बैठक बसेर एजेन्डाहरू तय गरिने भनेपनि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आफ्ना समूहका नेताहरुसँग मात्र परामर्श गरेका थिए। सभापति निर्वाचित भएपछि देउवाले गुटगत बैठक राखेका थिएनन्। बुधबारको बैठकमा संस्थापन पक्षका नेताहरूसँग अगाडि बढ्नेबारे छलफल गरेका हुन्।

कांग्रेसमा अहिले मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने वा नसकिने र विशेष महाधिवेशनमा जाने वा नजानेबारे मुख्य रूपमा विवाद चलिरहेको छ । संस्थापन पक्ष चुनावका लागि लाग्ने समयअनुसार महाधिवेशन गर्न सकिनेमा छन् । उनीहरू मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन् ।

यसैबिच बुधबार विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका छन्। कांग्रेसका नेता गुरुराज घिमिरेले देशभरबाट संकलित २ हजार ४ सय ८८ हस्ताक्षर बुझाएको जानकारी दिए । कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा ३ महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । १४ औं महाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ