जेनजी भन्दै कर्मचारी थर्काउदै हिँड्ने अर्जुन शाही पक्राउ

जेनजी भन्दै कर्मचारी थर्काउदै हिँड्ने अर्जुन शाही पक्राउ

  • बुधबार, अशोज २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ । जेनजी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ परेका छन् । उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार, उनको गतिविधिलाई लिएर गुनासो आएपछि प्रहरीले सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

जेन–जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले राजीनामा दिन धम्क्याउने गरेका थिए ।

नागरिक उड्डयान प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीहरुले समेत उनीको गतिविधिबारे गुनासो गरेका थिए । कर्मचारीहरुका राजीनामा माग्दै हिँड्ने गरेका उनीबारे खोजी हुँदा वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको थियो ।

उनलाई २८ वैशाख २०८२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत वैदेशिक रोजगारीसम्बन्धी कसुरमा पक्राउ गरेको थियो । उनी इलाम २ मा भएको उपचुनावमा समेत उम्मेदवार बसेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ