मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

  • बुधबार, अशोज २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

महेन्द्रनगर (धनुषा), २९ असोजः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नयाँ नेतृत्वका लागि आज दिउँसो ४ः०० बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोक्नु भएकामा बिहान कांग्रस एमालेबाहेकको छ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो ।

सोनलले लोसपा, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार गठनका लागि बहुमत दाबी गर्दै मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो ।

संविधानमा कुनै एक दलको स्पष्ट बहुमत नहुँदा प्रदेशसभामा बहुमत पु¥याउने आधारमा मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ