नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वमा नरहेमा एमालेसँग एकताको संभावना रहेको बताएका छन् ।
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’
तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने प्रचण्डको भनाइ छ। एमालेसँग एकताको सम्भावनाबारे उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’
युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको दाबी गर्दै उनले भने, ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ। युवाहरुले माओवादी सहि रहेछ भन्ने भुझ्नु भएको छ।’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline