सभामुखले गरेको छलफलको निष्कर्ष : संसद विघटन असंवैधानिक

सभामुखले गरेको छलफलको निष्कर्ष : संसद विघटन असंवैधानिक

  • बुधबार, अशोज २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं । सभामुख देवराज घिमिरे र राजनीतिक दलको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ। आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा विघटनपछि पहिलोपटक सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलसँग छलफल गरेका थिए।

छलफलका क्रममा एमालेले संसद पुनर्स्थापनामा जोड दिएको छ। अन्य दलहरुले सरकारले निर्वाचनको वातावरण बनाए आफूहरू निर्वाचनमा जान तयार रहेको धारणा राखेका थिए । छलफलपछि कांग्रेस नेता श्याम घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधनिक रहेपनि अबको निकास संसद पुनर्स्थापना वा निर्वाचन नै भएको बताए। सरकारले निर्वाचनको उचित वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने उनले बताए।

एमालेका नेता महेश बर्तौलाले बैठकमा सहभागी सबै दलले संसद पुनर्स्थापना गरेर जानुपर्छ भन्ने साझा धारणा राखेको जानकारी गराए। उनले सर्वोच्चमा रिट परेकाले हुने फैसलालाई स्वीकार गर्ने बताए। बैठकमा प्रतिनिधि सभा विघटनको विरोध सबै गरेको जानकारी दिए। उनले जेनजीको माग यहि संसदले पूरा गर्न सक्ने भएपनि ठूलो षड्यन्त्र गरेर विघटन गरेको निष्कर्ष निकालेको जानकारी दिए।

उनले सरकारका मन्त्री निर्वाचन गर्ने वातावरणभन्दा भड्काउनतर्फ केन्द्रित रहेको बताए। उनले वर्तमान सरकारले निर्वाचनका लागि कुनै तयारी नै नगरेकाले संसद् पुनर्स्थापना हुनुपर्ने एमालेको स्पष्ट धारणा रहेको बताए ।

यसैगरी एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद विघटनको विज्ञप्ति जारी गर्ने बित्तिकै ८ वटा दलका २२९ जना सांसदले असंवैधानिक भनेर वक्तव्य जारी गरेको उल्लेख गरे। उनले अदालतले सरकार बनेकोदेखि लिएर विघटन असंवैधानिक ठहर गर्‍यो भने नयाँ कोर्सबाट अगाडि बढ्ने बताए। उनले सर्वोच्चमा हिजो १० वटा रिट परेकाले न्यायिक परीक्षण हुने बताए। उनले सभामुख संसद विघटनको मुद्दा लिएर नजाने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ