पार्टीभित्र एकता नहुँदा म असफल भए, इर्ष्या, डाहा र खुट्टा तान्ने स्थिति सधैं पार्टीमा भयोः ओली

पार्टीभित्र एकता नहुँदा म असफल भए, इर्ष्या, डाहा र खुट्टा तान्ने स्थिति सधैं पार्टीमा भयोः ओली

  • बुधबार, अशोज २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

https://www.mirmireonline.com/wp-admin/media-upload.php?post_id=289344&type=image&TB_iframe=1

२९ असोज, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकताको स्थिति कहिल्यै नरहेको स्वीकार गरेका छन् ।

केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला सधैं इर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति रहेको बताए।

‘पार्टीमा एकमना एकताको स्थिति कहिले पनि रहेन,’ उनले भने, ‘इर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति सधैं रह्यो। मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुठ, फरेबको स्थिति बनाइयो।’ उनले भने,पार्टीभित्र एकता नहुँदा म असफल भए, इर्ष्या, डाहा र खुट्टा तान्ने स्थिति सधैं पार्टीमा भयो।

जेन–जीको दुई दिने आन्दोलनबाट यसपटक प्रधानमन्त्रीको पद त्याग गर्न बाध्य भएका ओलीले संविधान जारी भएपछिको निर्वाचनबाट बनेको नेकपाको सरकारलाई पार्टीभित्रैबाट असफल बनाइएको दावी गरे।

आफू नेतृत्वको सरकारले ऐतिहासिक महत्वका दूरगामी काम गर्दै गएपछि सरकार ढाल्ने काम भएको उनको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ