षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना घट्योः एमाले महासचिव

षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना घट्योः एमाले महासचिव

  • बुधबार, अशोज २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

२९ असोज, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रयासका तुलनामा षड्यन्त्रकारी शक्तिहरू मुखर रूपमा आउँदा भदौ २३ र २४ को घटना हुन पुगेको बताएका छन् ।

ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु केन्द्रीय कमिटी बैठक सञ्चालन गर्दै महासचिव पोखरेलले संकटको पहिचान गरिएको भए पनि समयमा चिर्न नसक्दा त्यसले पार्टी र देशलाई नै ठूलो क्षति पुर्‍याएको बताए ।

‘हाम्रो अघिल्लो केन्द्रीय कमिटी बैठकबाट हामीले जुन(जुन समस्या प्रवृत्तिका रूपमा देखा परेका छन् भनेर निश्कर्ष निकालेका थियौं, त्यसलाई समयमा चिर्न नसक्दा २३ र २४ भदौको घटना भयो। र, त्यसले हाम्रो पार्टी र देशलाई क्षति पुर्‍यायो,’ उनले भने।

महासचिव पोखरेलले युवा शक्ति, भूमिहीन सुकुम्बासीहरूमा पार्टीप्रति आकर्षण घटिरहेको छ भन्ने निश्कर्ष अघिल्लो केन्द्रीय कमिटी बैठकमै निकालिएको स्मरण गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ