एमाले केन्द्रीय समितिको बैठक आजबाट शुरु हुने

एमाले केन्द्रीय समितिको बैठक आजबाट शुरु हुने

  • बुधबार, अशोज २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को १० औँ केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने भएको छ। जेनजी आन्दोलनपश्चात ललितपुरको जावलाखेल बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

आसन्न पार्टीको राष्ट्रिय महाधिवेशन र जनपरिचालन, आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन लगायतका विषयमा छलफल गर्ने कार्यसूची छ ।

यस अगाडि बसेको एमालेको सचिवालय बैठकले पार्टी ११ औँ महाधिवेशन मंसिरमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको स्थान र समय केन्द्रीय कमिटीले निर्धारण गर्ने उनले बताए। यसैगरी प्रतिनिधिसभा विघटनको विषयमा पनि बैठकमा छलफल हुने छ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अदालत जाने र जनपरिचालन गरी देशव्यापीरुपमा सभाको घोषणा गर्ने एमालेको तयारी छ।

सरकारले दलहरूसँग संवाद नगरेकाले निर्वाचनको वातावरण नबनेको एमालेले बताउँदै आएको छ। अध्यक्षको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ। केन्द्रीय सदस्यहरुलाई अल्फाबेटिकल आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ । हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यालय सचिव डा। भिष्म अधिकारीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ