सरकारले निर्वाचनका लागि भयरहित वातावरण बनेको छैन : देउवा

सरकारले निर्वाचनका लागि भयरहित वातावरण बनेको छैन : देउवा

  • मङ्लबार, अशोज २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

असोज २८ काठमाण्डौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले निर्वाचन घोषणा गरेपनि भयरहित वातावरण बनाउन नसकेको बताएका छन् ।

जेनजी आन्दोलनमा सांघातिक हमलामा परेर घाईते भएका देउवा लामो उपचारपछि आज सार्वजनिक भएर पार्टी बैठकलाई संवोधन गर्दै यस्तो बताएका हुन् ।

‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने, ‘निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।’

देउवाको संवोधन पछि काँग्रेस केन्द्रीय समितिको बैठक बिहिबार सम्मका लागि स्थगित गरिएको छ ।

बैठकमा प्रवेश गर्नु अघि देउवाले जेनजी आन्दोलनका शहीदहरुप्रति श्रदाञ्जली दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ