जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेको प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए। उनले विश्वासको मत पाउने सम्भावना छैन। उनले विश्वासको मत नपाएपनि आफ्ना धारणा सदनमा राख्न चाहेको बताए।
मधेस सरकारका मुख्यमन्त्री सतीशकुमार सिंह सरकारमा एक्लो भएका छन्। मुख्यमन्त्री सिंहलाई समर्थन गरेका दलहरूले एकपछि अर्काले साथ छोड्दै गएपछि अहिले मुख्यमन्त्री सिंह एक्लो भएका हुन्। उनको आफ्नै दल जनमत पार्टीले समेत साथ छोडेपछि मुख्यमन्त्री सिंह एकल भएका हुन्। उनको पार्टीसहित सरकारमा सहभागी दल जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाले साथ छोडेका छन्।
भदौ २३–२४ गते जेन–जी पुस्ताको आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले औपचारिक रूपमा भने लिखित बुझाएनन्। मुख्यमन्त्रीको राजीनामा नआएपछी जनमतले स्पष्टीकरण सोद्धै मुख्यमन्त्री र मन्त्रीलाई राजीनामा दिने निर्देशन दिए। तर, मुख्यमन्त्री फिर्ता आएनन्।
सोही कारण उनले विस्वासको मत लिन लागेका हुन् । तर उनले विस्वासको मत पाउने संभावना छैन ।