निर्वाचनको तयारीमा जुट्न आह्वान

निर्वाचनको तयारीमा जुट्न आह्वान

  • सोमवार, अशोज २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ २७ असोजः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभर नयाँ मतदाताहरुको नाम दर्ता प्रक्रियामा सहभागी हुन पार्टी जनवर्गीय सङ्गठनका सबै कमिटीहरुलाई निर्देशन दिएको छ ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरुको नाम दर्ता अघि बढाइरहेकाले सो काममा सक्रिय रुपमा लाग्न तथा नयाँ मतदातालाई सहजीकरण गर्न निर्देशन दिएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा काठमाडौँमा सम्पन्न बैठकले वर्तमान सङ्कटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउन लोकतान्त्रिक गणतन्त्र, संविधान पक्षधर शक्ति र पार्टीहरुबीच संवाद, सहकार्य अघि बढाउने निर्णय गरेको हो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेता ज्वालाले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पु¥याउन पार्टीद्वारा गठित वार्ता समितिलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्दै बैठकले निर्वाचनको तयारीमा जुट्न आह्वान गरेको छ ।

पार्टी स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३१ गते बस्ने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ