प्रचण्डको घरबाट दुई करोड रुपैया दुई ट्रकमा लगेको अफवाह फैलाएको भन्दै पूर्व एआईजी सुवेदी बिरुद्ध साईबर ब्यूरोमा उजुरी

प्रचण्डको घरबाट दुई करोड रुपैया दुई ट्रकमा लगेको अफवाह फैलाएको भन्दै पूर्व एआईजी सुवेदी बिरुद्ध साईबर ब्यूरोमा उजुरी

  • सोमवार, अशोज २७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको छ।

सार्वजनिक सञ्चार माध्यममार्फत पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र झुटा आरोप लगाएको भन्दै सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिइएको माओवादी केन्द्रका नेता लेखनाथ दाहालले जानकारी दिएका छन्।

केही दिनअघि सुवेदीले एउटा अन्तर्वार्ताका क्रममा जेनजी आन्दोलनको बेला प्रचण्डको निवास जलाइनुभन्दा दुई दिनपहिले नै उनको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालेर लुकाइएको अभिव्यक्ति दिएका थिए।

सुवेदीको यस अभिव्यक्तिले नेतृत्वविरुद्ध पूरै गलत र तथ्यहीन प्रचार गरी भ्रम सिर्जना गरेर चरित्रहत्या गरेकाले उनीविरुद्ध साइबर ब्युरोमा उजुरी दिइएको दाहालको भनाइ छ।

‘सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिँदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुर गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ