संसद पुनस्थापनाको पक्षमा उभियो एमाले, मंसीर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने

संसद पुनस्थापनाको पक्षमा उभियो एमाले, मंसीर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने

  • आइतवार, अशोज २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ।

आइतबार बसेको सचिवालयको ५८ औं बैठकले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘प्रतिनिधि सभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ। असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनलाई बदर गर्र्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’ उनले भने।

गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहका कारण एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि प्रतिनिधि सभा विघटन भएको थियो। जेनजी विद्रोहको भावनालाई आत्मसात् गर्दै प्रधानमन्त्री बनेकी सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन्।

कार्कीको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै एमालेले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएको हो। साथै एमालेले मंसीर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने पनि निर्णय गरेको छ ।

ओलीमाथि नेतृत्व छाड्न दबाब बढीरहेका बेला महाधिवेशनको मिति तोकिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी