नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका नेताहरूलाई बिदाइ गर्नुपर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा एक भिडिओ सन्देश जारी गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का प्रमुख नेताहरूलाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन्।
१० वर्षदेखि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका बीचमा प्रधानमन्त्री पद घुमिरहेको र आजको समस्याको प्रमुख कारण यही रहेको थापाको भनाइ छ ।
मतदाताहरूले पार्टीहरूका प्रमुख फेर्न आग्रह गरिरहेको पनि थापाको भनाइ छ ।
जेनजी विदोहपछि दलहरुमा नेतृत्व हस्तान्तरणको माग तीव्र छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline