सुनतस्करी प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा पक्राउ

सुनतस्करी प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा पक्राउ

  • आइतवार, अशोज २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।
भेपमा सुन तस्करी गरेको प्रकरणमा केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसँग बयान लिएको थियो।

०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्र्याएको प्रकरणमा महरा जोडिएका छन्।

सीआईबीले उनलाई भन्सार छली तथा संगठित अपराध कसुरमा पक्राउ गरेको जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिअनुसार, २०७९ पुस १० गते फ्लाई दुबईको उडान नं एफजेड०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं हुँदै नेपालमा ल्याउँदै गरेको अवस्थामा उक्त भेप जफत भएको थियो। भेपभित्रको ८ करोड ५५ लाख २८ हजार रूपैयाँबराबरको सुन भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कामार्फत बेचबिखन गरी आपराधिक समूह बनाई संगठित रूपमा आपराधिक लाभ लिएको देखिएकोले महरालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ