सुदन गुरुङको प्रतिनिधिमण्डलको बिरोध गर्दै जेनजीको प्रदर्शनपछि राष्ट्रपतिसँगको छलफल स्थगित

सुदन गुरुङको प्रतिनिधिमण्डलको बिरोध गर्दै जेनजीको प्रदर्शनपछि राष्ट्रपतिसँगको छलफल स्थगित

  • शनिबार, अशोज २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

जेनजीका प्रतिनिधिबीच सहभागिताका लागि विवाद भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज आह्वान गरेको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसहित शीतल निवासमा आयोजित छलफलमा को(को सहभागी हुने भन्ने विषयमा जेनजी युवाबीच विवाद भएको हो ।

वार्ताका लागि सुदन गुरुङको टोली शीतल निवास छिरेपछि बाहिर रहेका जेनजी युवाहरूले नाराबाजी गरेका थिए।
त्यसपछि छलफल सोमबारका लागि सारिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। अब सोमबार दिउँसो ३ बजे छलफल हुनेछ।

भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनको खास नेतृत्वकर्ता नहुँदा नेतृत्व दाबीका लागि युवाहरूबीच विवाद छ।

हरेक छलफल र निर्णयमा सुदन गुरुङ अघि सरेपछि अरु जेनजीहरुले उनी ३८ वर्षका नक्कली जेनजी भन्दै बिरोध गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ