काठमाडौं । एमाले सचिवालयको बैठक आज पनि बस्दैछ । अध्यक्ष ओलीमाथि सचिवालयको बैठकमै राजीनामाको दबाब नेताहरुले बढाएका छन् ।
तर ओलीले राजीनामा दिने संकेत दिईरहेका छैनन् । साथै ओलीले सदस्यता रोकिदिएका पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्न पनि सचिवालयको बैठकमा दबाब बढाईएको छ ।
यही बीचमा जारी बैठकमा ओलीले आफू प्रधानमन्त्री भएकै बेला भएको जेनजी विद्रोह र विध्वंशमा विदेशीको हात रहेको भन्दै आफ्नो गल्ती नभएको दाबी गरेर पद छाडिहाल्ने संकेत दिएका छैनन् ।
उनको रक्षामा महासचिव शंकर पोखरेल मात्र खरो उत्रिएका छन् । आज बिहान ११ बजे गुण्ढुमै बस्ने बैठकमा केन्द्रीय समितिको बैठकका एजेण्डा र महाधिवेशनबारे छलफल हुने नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline