काँग्रेस पदाधीकारी बैठक आज पनि बस्दै

काँग्रेस पदाधीकारी बैठक आज पनि बस्दै

  • शनिबार, अशोज २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्दै छ। दिउसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको औपचारिक एजेन्डा टुङ्गो लगाउने छ ।

बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो । बैठकमा अहिलेसम्म धारणा राख्ने नेताहरूले पार्टी अधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र जेनजी आन्दोलनको जडबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउने गरी धारणा राखेका छन् ।

वर्तमान शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिरमा सकिँदै छ । त्यही मङ्सिरमा नियमित महाधिवेशन गर्ने एजेन्डा केन्द्रीय समितिमा लैजान पदाधिकारी बैठकमा सुझाव आएको हो ।

त्यस्तै सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन पनि केन्द्रीय समिति बैठकको एजेन्डा बन्नेछ ।

काँग्रेसले सरकारले निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षाको प्रत्याभुति गराउने प्रयास नगरेको भन्दै ध्यानाकर्षण गराएको छ ।

काँग्रेस चुनाव भए चुनावमा जाने नभए संसद पुनस्थापनाको मागमा जाने गरी तयार हुने सकेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ