नेपालको राष्टिय स्वाधीनतामाथि ईतिहासमा यत्रो हस्तक्षेप कहिल्यै भएको थिएन : प्रचण्ड

नेपालको राष्टिय स्वाधीनतामाथि ईतिहासमा यत्रो हस्तक्षेप कहिल्यै भएको थिएन : प्रचण्ड

  • शुक्रबार, अशोज २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

२४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्टिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप ईतिहासमा कहिल्यै भएको थिएन भनेका छन् ।

आज सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’

उनले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन् । ‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन र परिमार्जन गरौं,यसका लागि राष्टिय सहमति चाहिन्छ । प्रचण्डले भनेका छन् ।

जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताए ।

माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको छ ।

प्रचण्डले जेनजी विद्रोहपछि पनि हिजो सत्ताको नेतृत्व गरेकाहरूको घमण्ड नघटेको टिप्पणी गरेका छन्।

‘जनता कति असन्तुष्ट छन् भनेर हामीले पटकपटक खबरदारी गर्‍यौं। तर सरकारले सुनेन। असन्तुष्टि झनझन् बढ्दै गयो। यत्रो घटना हुँदा पनि हिजो सरकारमा रहेका दलमा घमण्ड अझै गएको छैन,’ उनले भने।
उनले आफू नेतृत्वको सरकार बिचौलियासँग नझुकेकै कारणले ढलेको बताए।

उनले देशलाई माया गर्ने सबै पक्ष एक हुनु पर्ने बेला आएको बताए ।

साथै उनले आफूले रिटायर्ड लाईफ नविताउने तर सँधै पदमा बस्नु पर्छ भन्ने नभएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी