एमाले सचिवालयको बैठक बस्दै, केन्द्रीय समितिको एजेण्डा तय गर्ने

एमाले सचिवालयको बैठक बस्दै, केन्द्रीय समितिको एजेण्डा तय गर्ने

  • शुक्रबार, अशोज २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

नेकपा (एमाले) को ५८ औं सचिवालयको बैठक शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्दैछ। बैठक बिहान ११ बजेपछि शुरु हुनेछ । आज बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्नेछ। एमाले केन्द्रीय कमिटीको बैठक यही असोज २७, २८, २९ गते तय गरिएको छ।

यसका अतिरिक्त आज बस्ने बैठकमा सचिवालय सदस्यहरूले धारणा राख्नेछन्। गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोह, त्यसपछि उत्पन्न परिस्थितिको गम्भीर समीक्षा गरिनुपर्ने बताउँदै आएका अधिकांश सचिवालय सदस्यहरूले आज धारणा राख्नेछन्।

कतिपय सचिवालय सदस्यहरूले आजको बैठकमा पार्टी पुनर्गठनको प्रस्ताव राख्नेसमेत बताएका छन्। पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतले अध्यक्ष ओलीले पद त्याग गर्नुपर्ने समेत बताइरहेका छन्।

आजको बैठकमा ती भर्चुअल छलफलबारे पनि ओलीले बताउने कार्यसूची रहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

यसै गरी एमालेले संसद पुनःस्थापनाको माग लिएर सडकमा जाने तयारी गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ