जेनजी आन्दोलनका नाममा तोडफोड र आगजानी गर्नेमाथि कार्बाही नगर्ने गृहमन्त्रालयको परिपत्रमाथि काँग्रेसको आपत्ति

जेनजी आन्दोलनका नाममा तोडफोड र आगजानी गर्नेमाथि कार्बाही नगर्ने गृहमन्त्रालयको परिपत्रमाथि काँग्रेसको आपत्ति

  • बिहिबार, अशोज २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

नेपाली कांग्रेसले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्नमाथि कारबाही नगर्ने गृह मन्त्रालयको परिपत्रप्रति आपत्ति जनाएको छ।

बिहीबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रवक्त प्रकाशशरण महतले आन्दोलनका क्रममा भएको आगजनीलगायत घटनालाई लक्ष्य गरी गृह मन्त्रालयले दिएका अभिव्यक्तिमा गम्भीर आपत्ति जनाए।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले भने, ‘भदौ २४ गतेको घटनालाई गृह मन्त्रालयले नै अब कारबाही नगर भन्ने कुराप्रति हाम्रो गम्भीर आपत्ति छ।’
गृह मन्त्रालयले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान गरिरहेकोले उक्त घटनामा संलग्न भएकालाई तत्काल कारबाही नगर्न गृहले परिपत्र पठाएको थियो।

गृह मन्त्रालयको सो कदमले मुलुकमा अशान्ति र असुरक्षा बढाउने कांग्रेसको ठहर छ।

सरकारको अभिव्यक्तिले चुनावको वातावरणसमेत बन्न नसक्ने महतले बताए। सरकारले चुनावको मिति घोषणा गरेको बेला शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने उनको धारणा थियो। कांग्रेस पदाधिकारी बैठक भोलि पनि जारी रहनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ