बेलैमा पहल कदमी नलिए पार्टी भित्र आगो सल्किने सिटौलाको चेतावनी

बेलैमा पहल कदमी नलिए पार्टी भित्र आगो सल्किने सिटौलाको चेतावनी

  • बिहिबार, अशोज २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले बेलैमा पहलकदमी नलिने हो भने पार्टीभित्र आगो सल्कने कुरामा गम्भीर बन्न नेताहरूलाई आग्रह गरेका छन्।

आज विहान आफ्नै निवास पुगेका उपसभापति पूर्णबहादुर खड्कासहित ९ जना बढी केन्द्रीय सदस्यसँग सिटौलाले पार्टीको विशेष महाधिवेशन माग्दै भइरहेको हस्ताक्षर संकलनले पार्टी विभाजन हुने खतरा रहेको बताए।

‘अहिले जेनजीको नाममा नेताको घरमा त आगो लाग्यो अब पार्टीमा र संगठन पनि आगो लाग्छ,’ सिटौलाले नेताहरूसँग भने, ‘कम्तीमा संगठनमा चाहिँ आगो लगाउने काम कसैले नगरौँ भन्ने आसय हो।’
अहिले दुई जना महामन्त्रीले हस्ताक्षर अभियान चलाइरहेको भन्दै यसले पार्टी विभाजनतिर जाने उनको जिकिर छ। ‘अहिले दुईजना महामन्त्रीले हस्ताक्षर अभियान पनि चलाइरहेका छन्, यो हस्ताक्षर अभियानले पार्टीलाई फुट्नेस्थितिसम्म पु¥याइदिन सक्छ,’ सिटौलाको भनाइ छ, ‘जहाँ हस्ताक्षर अभियान गर्ने र नगर्ने भइसकेपछि त गर्ने एकातिर, नगर्ने अर्कोतिर हुन्छ। यसैपनि हाम्रो पार्टीभित्र चुनावमा अन्तर्घात त हुने गरेकै छ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ