विपद्सँग जुध्न ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय

विपद्सँग जुध्न ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने कांग्रेसको निर्णय

  • आइतवार, अशोज १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौँ, १९ असोज: नेपाली कांग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने भएको छ ।

आज यहाँ पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूसँग ‘विपद् केन्द्रित विशेष बैठक’ ले भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले भ्रातृ संस्थाका स्वयम्सेवक स्थानीय रूपमा परिचालित गरिसकेको बताउनुभयो ।

कांग्रेसले भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको जनाएको छ ।

पार्टीले इलाम, रौतहट, खोटाङ, उदयपुरलगायत जिल्लामा भएको मृत्युका घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै दिवङ्गत सबैको आत्माको शान्ति कामना तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको मुख्यसचिव पौडेलले बताउनुभयो ।

कांग्रेसले थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयम्सेवीहरूमा विशेष अपिलसमेत गरेको छ । विपद्को घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरूको सुरक्षामा सहयोग गर्नु सबैको कर्तव्य भएको पनि पार्टीले जनाएको छ ।
बर्सातले श्रमिक वर्ग प्रभावित, सरकारको गम्भीर ध्यानाकर्षण होस् ः ट्रेड युनियन कांग्रेस

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले असोज १७ देखि देशभर परेको अत्यधिक बर्सातका कारण नेपालका श्रमिक वर्ग मारमा परेको जनाएको छ ।

युनियनका महासचिव अजयकुमार राईद्वारा आज एक विज्ञप्ति जारी गरी अत्यधिक वर्षाका कारण श्रमिक वर्ग प्रभावित भएको भन्दै प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

युनियनले बाढी प्रभावितको यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

“अविरल वर्षाका कारण धेरैले ज्यान गुमाउनाका साथै भौतिक पूर्वाधारको ठूलो क्षति भएको छ, अझै मानिसहरू बेपत्ता र बासविहीन भई विस्थापित हुनाका साथै कैयौँ घाइते भएका छन् । यस प्राकृतिक विपत्तिबाट गरिखाने श्रमजीवी वर्ग अझ नराम्ररी प्रभावित भएका छन्, उनीहरुको रोजगारीलाई समेत तत्कालका साथ दीर्घकालीन प्रभाव पर्ने देखिन्छ”, विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी