पूर्व गोरखा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यावसाय

पूर्व गोरखा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यावसाय

  • मङ्लबार, अशोज १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

भोजपुर, १४ असोज : यहाँका टेम्केमैयुङ गाउँपालिका–२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लाग्नु भएको छ । आफूले कमाएको रकम र सीपलाई सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा जुट्नु भएका उहाँ अहिले समाजमा उदाहरणीयसमेत बन्नु भएको छ ।

आफूलाई विदेशमा बस्ने सुविधा हुँदाहुँदै पनि नेपालको मायाले यहाँ फर्केर बाख्रापालन व्यवसायमा लागको उहाँले बताउनुभयो । समाजलाई केही सेवा गर्ने लक्ष्यले विसं २०७५ बाट व्यावसायिक रुपमा बाख्रापालन गरिरहेको उहाँले बताउनुभयो ।“करिव ३० वर्ष ब्रिटिस सेनामा जागिर खाएँ”उहाँले भन्नुभयो,“मलाई त्यही बस्ने पनि सुविधा थियो । तर म गाउँमा फर्केर समाजको लागि उदाहरणीय बन्ने सोचले व्यावसायिक कृषि पेसामा लागेको हुँ ।”उहाँले अम्बा कृषि बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिक रुपमा यो पेसामा लाग्नु भएको हो ।

करिव बाह्र रोपनी बढी क्षेत्रफल रहेको फर्ममा अहिले, वोयर, स्थानीय खरीजातलगाएतका बाख्रा रहेका छन् । व्रिटिस सरकारले त्यहाँ बस्नको लागि दिएको नागरिकता त्यागेर यो व्यवसायमा जोडिएको उहाँको भनाइ छ ।

उहाँले आफ्नै बारीमा सुन्तला, कागती, रुद्राक्षको पनि खेती गरिरहेको बताउनुभयो । आफूलाई पेन्सनको रुपमा आएको पैसाले राम्रोसँग जीविकोपार्जन गर्न पुग्ने भएपनि समाजका मानिसहरुलाई केहि ज्ञान दिने लक्ष्यले व्यवसायमा लागेको उहाँको भनाइ छ ।

व्रिटिस सेनाको जागिर पश्चात उहाँले गाउँमा गरिरहेको बाख्रापालन व्यवसाय समाजको लागि अनुरकरणीयसँगै उदाहरणीय रहेको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । व्यावसायिक रुपमा बाख्रापालन तथा अन्य कृषि व्यवसायमा लागेका किसानहरुलाई स्थानीय सरकारकाले पनि आवश्यक प्रोत्साहन गरिरहेको वडाध्यक्ष राईले बताउनुभयो । व्यवसायमा लागेको किसानलाई थप उर्जा थप्न उन्नत जातको बोका वितरणसँगै आवश्यक प्राविधिक सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी