काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी बनेका सांसद यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै पूर्व सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरेका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन जारी गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ ।’
उनले जेनजीको आन्दोलनको क्रममा ७५ जनाको ज्यान गएकाले पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर चाडपर्वसँग सम्बन्धित कार्यक्रम आयोजना नगर्न निर्देशन दिएका छन्।