१२ असोज, काठमाडौं । जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।
आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।
स्रोतका अनुसार अनुमति विना उनीहरुलाई उपत्यका बाहिर जान रोक लगाउन समेत सिफारीस भएको छ ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने गरी दमन गरेको भन्दै ओली सरकार बिरुद्ध आकोश बढ्दा २४ गते देशभर ठूलो क्षति भएको थियो । जसमा सिंहदरबार, बालुवाटार, राष्टपति कार्यलय, सर्वोच्च अदालत लगायत संयौ सरकारी संरचनामा आगजानी गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline