हर्क साम्पाङले पार्टी खोल्ने, निर्वाचन आयोगमा दिए निवेदन

हर्क साम्पाङले पार्टी खोल्ने, निर्वाचन आयोगमा दिए निवेदन

  • आइतवार, अशोज १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

१२ असोज, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

उनले ‘राष्ट्रिय श्रम शक्ति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएको बताईएको छ । उनी हाल धरान उपमहानगरपालिकाका मेयर छन् ।

उनी जेनजी आन्दोलनपछि प्रधानमन्त्री हुने भन्दै काठमाण्डौँ आएर सेना प्रमुख अशोक राज सिग्देलसँग वार्ता गरेका थिए ।

तर पछि मन्त्री हुन समेत भारतीय दुतावासको सिफारीस चाहिने रहेछ भन्दै उनी आक्रोशित भएर धरान फर्किएका थिए ।

त्यसपछि उनी काठमाण्डौँ महानगरका मेयर बालेन शाह बिरुद्ध खनिएका थिए । प्रधानमन्त्री वा शक्तिशाली मन्त्री नबनाएकोमा उनी शाहप्रति असन्तुष्ट छन् ।

सामपाङले अब भने आफै पार्टी खोलेर अघि बढ्ने तयारी गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ