केपी ओलीको सन्देश : हामी देश अरुलाई जिम्मा लगाएर विदेश भाग्दैनौँ

केपी ओलीको सन्देश : हामी देश अरुलाई जिम्मा लगाएर विदेश भाग्दैनौँ

  • शनिबार, अशोज ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

११ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने सरकारको तयारीबारे आपत्ति जनाएका छन् ।
शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले विभिन्न उच्च पदस्थहरूको पासपोर्ट रोक्का गर्ने तयारी अघि बढाएकोबारे ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताए ।

‘अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ,’ ओलीले भने, ‘पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौं ?

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नै नेतृत्वको दलले देश बनाउने र संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउने समेत जिकिर गरे ।

यो देशलाई संवैधानिक र लोकतान्त्रिक मुल्यमा ल्याएर छाड्ने ओलीले प्रतिवद्धता जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ