काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।
जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै उनले कार्कीको राजीनामा मागेका हुन् । उनले जेनजीको माग आफूले पुरा गर्ने समेत बताएका छन् ।
उनले भनेका छन्– ुसुशीला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन । राजीनामा दिनुस् । म गर्छु उनीहरूको माग पूरा एक एक गरेर ।
जेनजी आन्दोलन लगत्तै उनी प्रधानमन्त्री हुने चाहना सहित काठमाण्डौ आएका थिए ।
उनले प्रधानसेनापतिसँग सैनिक मुख्यालयमा वार्ता समेत गरेका थिए । तर प्रधानमन्त्री हुन नसकेपछि उनी शक्तिशाली मन्त्रालय पाउने आशमा थिए । त्यो पनि नभएपछि भारतीय दुतावासमा नगई मन्त्री बनाउदैन रहेछ र मलाई त्यो चाहिएन भन्दै फर्किएका थिए ।
मन्त्री समेत नबनाएपछि उनी पछिल्लो समय काठमाण्डौँका मेयर बालेन शाह बिरुद्ध खनिदै आएका छन् ।