माओवादी बैठकमा सुझाव दिन बनाईएको दश समुहकै टोली नेता प्रचण्डको पक्षमा, सबै नेता रुपान्तरण हुनु पर्नेमा जोड

माओवादी बैठकमा सुझाव दिन बनाईएको दश समुहकै टोली नेता प्रचण्डको पक्षमा, सबै नेता रुपान्तरण हुनु पर्नेमा जोड

  • शुक्रबार, अशोज १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समिति बैठकमा समूहगत नेताहरूले मौजुदा केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्नुपर्ने निष्कर्ष सुनाएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको मूल प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पेस गरेको पूरक प्रस्तावमाथि भएको छलफलको निष्कर्ष उनीहरूले सुनाएका हुन् ।
१० वटै समूहमा अधिकांश नेताहरूले प्रचण्डकै नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर जानुपर्ने सुझाव दिएका छन् ।

‘केन्द्रीय समिति विघटन गरी प्रचण्डको नेतृत्वमा आयोजक समिति बनाउनुपर्ने निष्कर्ष टोली नेताहरूले सुनाएका छन् ।

प्रचण्ड मात्र होइन सबै नेताहरू रूपान्तरण हुनुपर्छ भनेर अधिकांशको सुझाव आएको छ । केहीले नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माको प्रस्तावको पक्षमा धारणा राखेका थिए ।

बैठकमा कोसीबाट अजम्बर काङमाङ, मधेसबाट मातृका यादव, बागमतीबाट सरल सहयात्री, गण्डकीबाट हरि अधिकारी, लुम्बिनीबाट सुदर्शन बराल, कर्णालीबाट महेन्द्रबहादुर शाहीले समूहगत निष्कर्ष सुनाएका थिए ।

यसैगरी सुदूरपश्चिमबाट हरि ज्ञवाली ‘अखण्ड’, उपत्यका विशेष प्रदेशबाट जगत सिम्खडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास तथा आयोगबाट आरबी खड्काले समूहगत निष्कर्ष सुनाए । टोली नेता सबै प्रचण्ड पक्षधर नेताहरू हुन् ।

समूहगत छलफलको निष्कर्ष सकिएपछि अहिले पदाधिकारीहरूले आ–आफ्ना धारणा राखेका छन् । बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि आजै सकिनेछ । बिहीबार बसेको बैठकमा प्रचण्डले टिको लगाएर नेतृत्व हस्तान्तरण गर्न नसकिने जवाफ दिएका थिए ।

श्रेष्ठले महाधिवेशन फागुनपछि गर्नुपर्ने र त्यतिबेलासम्म कार्यवाहक आफूलाई दिनुपर्ने प्रस्ताव गरेका थिए । शर्माले सबै पदाधिकारीले राजीनामा दिएर निर्देशक समितिमा रहनुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ