माओवादी केन्द्रीय समितिको बैठकमा आज नेताहरुले समुहगत छलफलको धारणा राखिने

माओवादी केन्द्रीय समितिको बैठकमा आज नेताहरुले समुहगत छलफलको धारणा राखिने

  • शुक्रबार, अशोज १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन लगायतका बिषयमा पेश गरेको राजनीतिक प्रतिवेदनमा समुहगत रुपमा भएका छलफलको निष्कर्षलाई टोली प्रमुखले धारणा राख्ने छन् ।

बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले फरक धारणा राखेका छन्।

विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । आज टोली नेताहरूले धारणा राख्नेछन् ।

प्रचण्डले अहिलेको पार्टीका सम्पूर्ण कमिटिहरु भंग गर्ने, मंसीरमा बिशेष महाधिवेशन गर्ने र सबै कमिटिको नेतृत्व निर्वाचित गर्ने प्रस्ताव पेश गरको छन् ।

जेनजी आन्दोलनको प्रभाव स्वरुप पुराना नेताहरुलाई नेतृत्व छाड्न दबाब परीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ