एमाले केन्द्रीय कार्यालय भवन प्रवलीकरण गरेर बस्न मिल्ने

एमाले केन्द्रीय कार्यालय भवन प्रवलीकरण गरेर बस्न मिल्ने

  • बिहिबार, अशोज ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौँ, ९ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्ने मिल्ने जनाइएको छ ।

पार्टीले प्राविधिकलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने अवस्थाबारे अध्ययन गर्न लगाएको थियो । प्राविधिकले बुझाएको प्रतिवेदनमा जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने उल्लेख गरिएको एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार सात वटा कोठा प्रवलीकरण गर्न मिल्ने र एउटा छत काम नलाग्ने भएकाले पुनःनिर्माण गर्नुपर्ने सुझाव प्राविधिकहरुको छ । केन्द्रीय सदस्य आचार्यले भन्नुभयो, “बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा पार्टी कार्यालयको भवनका विषयमा छलफल भएको छ । अब पार्टी कार्यालय त्यहाँ बस्ने कि अन्त सर्ने भन्ने पार्टीले चाँडै निर्णय गर्नेछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ