पार्टीको सबै कमिटि भंग गर्ने र बिशेष महाधिवेशन गर्ने निर्णय अनुमोदनका लागि माओवादी स्थायी समितिको बैठक बस्दै

पार्टीको सबै कमिटि भंग गर्ने र बिशेष महाधिवेशन गर्ने निर्णय अनुमोदनका लागि माओवादी स्थायी समितिको बैठक बस्दै

  • बुधबार, अशोज ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बोलाईएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठकपछि बस्ने बैठकले पार्टीका सबै कमिटि भंग गर्ने र मंसीरमा बिशेष महाधिवेशन गर्ने पदाधीकारी बैठकको निर्णयमा छलफल सहित अनुमोदन गर्ने छ ।

बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष प्रचण्डले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने छ ।

यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव राखेका थिए । थायी समितिले प्रचण्डको प्रस्ताव अनुमोदन गर्दै भोलीदेखि शुरु हुने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ