७ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो ।
रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा रायमाझीसहितका व्यक्तिविरुद्ध मुद्दा चलेको थियो । अदातलतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनी कारागारमा रहँदै आएका छन् ।
उनीसँगै सुन्धारा कारागारमा रहेका भुटानी शरणार्थी प्रकरणमै तत्कालीन सचिज टेकनारायण पाण्डे पनि कारागारबाट निस्केका थिए । उनी भने अहिलेसम्म फर्केका छैनन् ।
कारागार फर्किएका रायमाझीलाई डिल्लीबजार कारागार पुर्याईएको छ ।
शुरुमा नख्खु कारागारको गेटमा आगजानी गरेर पदर्शनकारीको दबाबपछि नख्खुबाट रवि लाछिाने सहित ९ सय कैदीहरु निस्किएपछि देशभरबाट १४ हजार बढी कैदी भागेका थिए । उनीहरु मध्य अझै ८ हजार कैदी फरार रहेका छन् ।